Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी


कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ ।

अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

गएराति करिब १२ बजेको समयमा ट्रकमा आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीबाट म १ ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ ।

आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन् । उनले घटनाको बारेमा अनुसन्धान गरीरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode