Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रधानमन्त्रीले दोस्रोपटक आज संसदबाट विश्वासको मत लिँदै


प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।

त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लाग्नुभएको हो ।

पहिलोपटक विपक्षी कांग्रेसकोसमेत समर्थन पाएका प्रधानमन्त्रीले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एकरएक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ ।

यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।

 

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode