Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दामा कर्फ्यु


स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठन र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुढीनन्दा क्याम्पसको स्ववियु चुनावको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो बेलुकी ७ बजेदेखि अहिले बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

बुढीनन्दाको कोल्टीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप साम्य पार्न प्रहरीले हिजो दिउँसो २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो । झडप भएपछि स्ववियु चुनावको मतदान स्थगित गरिएको छ ।

 


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode