Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्ववियु निर्वाचन

त्रिपुरा सुन्दरी क्याम्पसमा नेविसंघको प्यानल विजयी


त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट साँफेबगर अछामको स्ववियु निर्वाचनमा नेपाल बिद्यार्थी संघको प्यानल विजयी भएको छ ।

स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका कमल कुँवर सहित उनको पुरै प्यानल बिजयी भएको हो ।

उनले अनेरास्ववियुका सन्तोष कडायतलाई १०३ मतले पराजित गरेका हुन् । कुवरले १३८ मत र कडायतले ३५ मत ल्याएका छन् ।

सचिवमा हरि चन्द्र तिरुवा १३९ र कोषाध्यक्षमा ऐश्वर्य बोगटी १३८ मत सहित विजय भएका छन् ।

सो क्याम्पसमा नेविसंघ,अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियु संयुक्त रूपमा चुनावी मैदानमा उत्रिएका थिए भने अनेरास्ववियु एक्लै चुनावमा होमिएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode