Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना १ जनाको मृत्यु,४ जना घाइते


जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ ठाँटीको दर्वा र बगुडाको बिचमा पर्ने बुढा खोलामा ट्र्याक्टर दुर्घटनामा परि १६ वर्षीय मनीषा बुढाको मृत्यु भएको हो भने अन्य ४ जना किशोरी घाइते भएका हुन् ।

से २ त ३४३१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परि घाइते हुनेमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सुस्मिता बुढा,१४ वर्षीय पार्वती बुढा,करिस्मा बुढा,कक्षा ६ मा पढ्ने १२ वर्षीय पुष्पा बि.क रहेका छन् ।

उनीहरू पिपलसैन माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् । गाडी चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode