Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा चट्याङबाट क्षति भएको प्रति सांसद साउँदद्वारा दुःख व्यक्त (विज्ञप्ति सहित)


अछाममा शनिवार साँझ परेको चट्याङका कारण भएको क्षतिप्रति प्रदेश सभा सदस्य झपट बहादुर साउँदले दुःख व्यक्त गरेका छन् ।

यही चैत्र ४ गते चट्याङका कारण ९ वटा बाख्रा मर्नुका साथै बाख्रा गोठाली घाइते भएको प्रति दुःख व्यक्त गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य साउँदले विज्ञप्ति प्रकाशित गरेका छन् ।

शनिवार साँझ परेको चट्याङका कारण मेल्लेख गाउँपालिका वडा नम्बर ६ बाइगाउँका गंगा जमुना बाख्रा पालन फर्मका ७ वटा वटा,गंगादेवी भट्टराइ,चण्डिका भट्टराईका १,१ वटा बाख्रा मरेका थिए भने फर्मका सञ्चालक ४२ वर्षीय पार्वती देवी भट्टराई र ११ वर्षीय करुणा भट्टराई सामान्य घाइते भएका थिए ।

विज्ञप्ति मार्फत सांसद साउँदले घटनाप्रति दुःख व्यक्त गर्दै चट्याङ लागेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने कृषकहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराइ पीडितलाई राहतको व्यवस्था गर्न संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय सरकार लगायत सवैमा अनुरोध गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!