Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा नावालिका बलात्कृत : एक जना प्रहरी नियन्त्रणमा


अछाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई नियन्त्रणमा लिइएको छ ।

बाजुरा घर भएकी १७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा साँफेबगरबाट ३० वर्षीय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लाको साँफेबगरमा सञ्चालित एक होटेलमा कोठा भाडामा लिई शुक्रवार राती तिँ पुरुषले बलात्कार गरेको आरोप रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

दुई दिदीबहिनीलाई बलात्कारको प्रयास गरेको आरोपमा २ जना अटो चालकलाई नियन्त्रणमा लिएको साता दिन नपुग्दै अछाममा अर्की किशोरी बलात्कृत भएकी हुन् ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode