Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी


अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले पुटिनमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएकोसहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीले यो अपराध युक्रेनमा सन् २०२२ को २४ फेब्रुअरीदेखि भएको जनाएको छ । अघिल्लो वर्ष त्यसैबेला रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

रुसले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताउनुभएको छ ।

तर आईसीसीले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ । रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी सूचीमा राखेको बीबीसीले जनाएको छ ।

रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता नभएकाले पनि पक्राउ पुर्जी अर्थहीन रहेको रुसको प्रतिक्रिया छ ।

 

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode