Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्ववियु चुनावको सबै तयारी पूरा, त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने


भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ ।

चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।

करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।

केही क्याम्पसमा चुनावअघि नै स्ववियु गठन भएको छ । क्याम्पसमा रहेका विद्यार्थी सङ्गठनहरुबीचको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो ।

केही क्याम्पसमा विवादका कारण चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन। त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने स्ववियु चुनावमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने भएको छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुको लागि प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेदवार रहेका छन् । यस्तै ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

 

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode