Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

स्ववियु चुनावको सबै तयारी पूरा, त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने


स्ववियु चुनावको सबै तयारी पूरा, त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने

भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ ।

चुनालाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।

करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हनेछ ।

दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।

केही क्याम्पसमा चुनावअघि नै स्ववियु गठन भएको छ । क्याम्पसमा रहेका विद्यार्थी सङ्गठनहरुबीचको सहमतिमा सभापतिदेखि सदस्यसममका पदा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो ।

केही क्याम्पसमा विवादका कारण चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन। त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने स्ववियु चुनावमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने भएको छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुको लागि प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेदार रहेका न् । यस्तै ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

 

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, शिक्षा, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode