Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखाद गाउँपालिका अध्यक्ष बि.सी.द्वारा बिद्यालय अनुगमनमा जोड (कुराकानी सहित)


तुर्माखाद गाउँपालिका स्थित सामुदायिक विद्यालयहरूको अनुगमन गरिएको छ ।

गाउँपालिका अध्यक्ष डम्बर बि.सी.को नेतृत्वमा गाउँपालिकाका वडा न.३,४ र ५ मा रहेका भैरव माध्यामिक विद्यालय,कालिकेश्वरी माध्यमिक विद्यालय,जीवनोद्दार आधारभूत विद्यालय,बाल कल्याण आधारभूत विद्यालयको अनुगमन गरिएको हो ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले केही दिन यता विद्यालयको अनुगमन तथा निरीक्षणमा जोड दिँदै आएका छन् । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक स्तरको अवस्थाबारे जानकारी लिई आवश्यक नीति तथा कार्यक्रम संचालन गर्न अनुगमनमा जोड दिइएको अध्यक्ष बि.सी.ले बताएका छन् ।

पालिकाको सामुदायिक विद्यालयहरूको सघन अनुगमन कार्यक्रम अन्तर्गत हाल सम्म (बाल विकास केन्द्र) सहित ६१ वटा विद्यालयहरूको अनुगमन सकिएको उनको भनाई छ ।

बिद्यालय अनुगमनका क्रममा अपवाद बाहेक अधिकांश विद्यालयहरूमा शैक्षिक तथा भौतिक अवस्था दयनीय देखिएकाले चिन्तित तुल्याएको उनले बताएका छन् ।

अनुगमनका क्रममा भेटिएका बिषयबस्तुलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरिने समेत गाउँपालिका अध्यक्ष बि.सी.ले जानकारी दिएका छन् ।

कुराकानी :-


क्याटेगोरी : Podcast, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode