Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

युवालाई स्वरोजगार बनाउन अध्यक्ष युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बन्छ : अध्यक्ष साउँद (कुराकानी सहित)


युवाहरूलाई गाउँमै रोजगारीको वातावरण सृजना गर्न अध्यक्ष युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बन्ने बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुरले अपेक्षा गरेका छन् ।

आर्थिक अभावका कारण पेसा व्यवसाय संचालन गर्न नसकेका युवाहरूलाई स्वरोजगार बनाउन कार्यक्रम प्रभावकारी बन्ने उनले अपेक्षा गरेका हुन् । बान्नीगढी जयगढ गाउँपालिकामा यस आर्थिक वर्षमा ३० लाखको लागतमा कार्यक्रम अन्तर्गत अनुदान र सिपमूलक तालिम संचालन गरिने भएका छन् ।

गाउँ ठाउँमै स्वरोजगार बन्ने चाहाना हुँदाहुँदै पनि आर्थिक अभावका कारण पेसा व्यवसाय संचालन गर्न कठिनाइ झेलिरहेका युवाहरूलाई अध्यक्ष युवा स्वरोजगार कार्यक्रमले राहत मिल्ने उनको भनाई छ ।

यस आर्थिक वर्षमा स्वरोजगार कार्यक्रम अन्तर्गत १३ जनालाई भैँसी पालन,१६ जनालाई बाख्रा पालन,१ जनालाई लोकल कुखुरा प्रवर्द्धन,३ जनालाई नमुना बाख्रा पालन र २ जना आरन व्यवसायीलाई अनुदान दिने कार्यक्रम रहेको छ भने २ जना युवाहरूलाई कपाल काट्ने तालिमको समेत व्यवस्था गरिएको छ ।

गाउँपालिका अध्यक्ष साउँदका अनुसार अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी आवश्यक प्रक्रिया अगाडी बढाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

गाउँ ठाउँमै स्वरोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ अगाडी सारिएको अध्यक्ष युवा स्वरोजगार कार्यक्रमलाई नतिजामुखी बनाउन आम नागरिक तथा लाभग्राही बढी जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

अनुदान लिने कृषक तथा लाभग्राही युवाहरूले अनुदानको सही सदुपयोग गर्न नसकेमा कार्यक्रमको औचित्य माथि नै प्रश्न उठ्ने भएकाले यसमा स्वयम लाभग्राही नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

यस अघिका वर्षहरूमा उचित व्यवस्थापन हुन नसक्दा अध्यक्ष युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बन्न नसकेकोबारे जानकारी रहेको बताउँदै गाउँपालिका अध्यक्ष साउँदले कार्यक्रमलाई नतिजामुखी बनाउन सक्दो प्रयास गर्ने उल्लेख गरेका छन् ।

यसै बिच आज हामीले गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका विषयमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदसंग कुराकानी गरेका छौँ ।

कुराकानी : टेक बहादुर साउँद


क्याटेगोरी : Podcast, पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode