Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा वन पैदावार मुद्दाका फरार प्रतिवादी पक्राउ


कैलालीमा वन पैदावार मुद्दाका फरार चार प्रतिवादी पक्राउ परेका छन् ।

बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।

बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको डिएसपी कुलदीप चन्दले बताए ।

जिल्ला अदालत कैलालीले उनीहरु माथि जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो। फरार रहेका चारै जनालाई पक्राउ गरिएको हो । त्यस्तै सवारी ज्यान र चोरी कसुर सम्बन्धि मुद्दाका थप २ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका फरार प्रतिवादीलाई कैद भुक्तानका लागि प्रहरीले जिल्ला अदालतमा बुझाईसकेको छ ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode