Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमबाट ६०२ बालबालिका हराए, १८० अझै बेपत्ता


सुदूरपश्चिममा बालबालिका हराउने र नभेटिने तथ्यांक डरलाग्दो छ। हरेक वर्ष बालबालिका हराउने र वर्षौसम्म पत्ता नलाग्ने अवस्थाका कारण अभिभावक पीडित बन्न पुगेका छन्।

हराउनेमा बालिकाको संख्या उच्च देखिएको छ। पछिल्ला सात वर्षमा सुदूरपश्चिमबाट ६ सय २ बालबालिका हराएका छन्, जसमध्ये एक सय ८० अहिलेसम्म नभेटिएको प्रहरीको तथ्यांक छ।

प्रत्येक वर्ष बालबालिका हराउने दर बढिरहेको छ। चालु आर्थिक वर्षको साउनयता सुदूरपश्चिममा ६ सय दुई बालबालिका हराएकामा चार सय २२ बालबालिका मात्र फेला परेको प्रहरीले जनाएको छ।

धेरैजसो बालबालिकाले पारिवारिक रूपमा हुने कलह र बेमेलका कारण घर छाड्ने गरेका छन्, कतिपय आफूले माग गरेको कुरा नपु¥याएको बहानामा पनि भाग्ने गरेका छन्। हराउनेमध्ये सबैभन्दा धेरै १०–१२ वर्ष उमेर समूहका छन।

हराएकामध्ये कतिपय बालबालिका परिवारको सम्पर्कमा आइसकेको प्रहरीको अनुमान छ। त्यसलाई पुष्टि गर्न प्रहरीले आफन्तलाई सम्पर्कसमेत गर्न थालेको छ। सम्पर्कमा आएपनि कतिपय अभिभावकले त्यसबारे प्रहरीमा खबर गर्ने गरेका छैनन।

अभिभावक तथा आफन्तहरूले बालबालिका हराएपछि नजिकको प्रहरी कार्यालयमा उजुरी दिन्छन। अधिकांश बालबालिका परिवारकै कारण हराउने गरेको प्रहरीको दाबी छ।

परिवारमा राम्रो व्यवहार नगर्ने, बुबाआमा कलह गर्ने, बालबालिकाले माग गरेको पूरा नगरिदिने, रिसाउने, कुट्नेजस्ता कारणले बालबालिकाले घर छाड्ने गरेको अध्ययनमा देखिएको छ। कतिपय बालबालिका सानै उमेरमा प्रेममा परी विवाह गरेरसमेत भाग्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ।

बालबालिका र अभिभावकबीच पर्याप्त कुराकानी नहुने, उनीहरूको भावना नबुझ्नेजस्ता कारणले पनि बालबालिका हराउँछन्।

बालिकाहरूलाई कसैले बाटोमा प्रलोभनमा पार्ने, यौनशोषण, प्रेममा परेर भागेर हिँड्ने, साथीकहाँ जानेलगायत कारणले पनि हराउने धेरै छन। बालबालिका हराएपछि अभिभावक तथा आफन्त तुरुन्तै प्रहरीमा निवेदन दिन पुग्छन।

तर, बालबालिका सम्पर्कमा आइसकेपछि भने कतिपयले प्रहरीलाई जानकारी नै गराउँदैनन। यस्ता बालबालिकालाई प्रहरीले बेपत्ताकै सूचीमा राख्ने गरेको छ।

हराएका बालबालिका भेटिएपछि प्रहरीलाई जानकारी नगराउने प्रवृत्तिका कारण पनि प्रहरीको तथ्यांकमा नभेटिने बालबालिकाको संख्या ठूलो रहेको प्रहरी अधिकारी बताउँछन्।

प्रहरी सबै अभिभावक र आफन्तको सम्पर्कमा पुग्न सक्दैन, कतिपयले नभेटिएसम्म प्रहरीकहाँ ताकेता गरे पनि भेटिएपछि भने खबर गर्दैनन।

परिवारको कमजोर आर्थिक अवस्था, अभिभावकको बहुविवाह, सम्बन्धविच्छेद, मादकपदार्थ सेवनमा लिप्त अभिभावकका कारण पनि बालबालिकाले परिवार छोड्ने र त्यसपछि मुलुकका विभिन्न डान्सबार तथा दोहोरी साँझमा बालमजदुर बन्न बाध्य हुने गरेको समेत प्रहरी अध्ययनले देखाएको छ।

गलत संगत र साथीभाइको लहैलहैमा लागेरसमेत बालबालिका होटेल तथा रेस्टुरेन्टमा बालमजदुर बन्न बाध्य भएको अध्ययनको निष्कर्ष छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode