Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

छातासैनको प्रचुर कृषि सम्भावनाको भरपुर सदुपयोग गर्नुपर्छ : उपाध्यक्ष रावल (भिडिओ सहित)

छातासैनलाइ कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता


बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले छातासैनको कृषि सम्भावनालाई भरपुर सदुपयोग गर्नुपर्ने बताएकी छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी धारासैन छातासैनमा सञ्चालित आलु जोन कार्यक्रमको अनुगमनका क्रममा उनले छातासैनमा कृषिको प्रचुर सम्भावनाको भरपुर सदुपयोग गर्नुपर्ने बताएकी हुन् ।

छातासैनलाई कृषि क्षेत्रसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताउँदै उनले यस क्षेत्रको प्रचुर सम्भावनालाई साकार पार्न आफू र गाउँपालिका सकारात्मक रहेको उल्लेख गरेकी छन् । छातासैनमा निर्माण सम्पन्न हुने चरणमा रहेको रस्टिक स्टोरले कृषकहरूले उत्पादन गरेको सामाग्रीहरूको बजारीकरणका साथै व्यवसायीक कृषि प्रणाली तर्फ आकर्षित गर्ने उपाध्यक्ष रावलको अपेक्षा रहेको छ ।

कृषकहरूलाई व्यवसायीक रूपमा कृषि पेसामा आकर्षित गर्न आवश्यक अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति नै लिएको उनको भनाई छ ।


उपाध्यक्ष बिन्दु रावलको नेतृत्वमा गएको टोलीले छातासैनमा निर्माणाधीन रस्टिक स्टोर र छातासैन कृषक समूह मार्फत सञ्चालित विभिन्न परियोजनाको अनुगमन समेत गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,आलु जोन कार्यक्रम अन्तर्गत परियोजनाको १८ लाख र बान्नीगढी जयगढ गाउँपालिकाको १ लाखको लागतमा छातासैनमा निर्माण भइरहेको रस्टिक स्टोर र बान्नीगढी जयगढ गाउँपालिका कृषि विकास शाखाद्वारा सञ्चालित छातासैन आलु पकेट कार्यक्रमको अनुगमन गरिएको हो ।

अनुगमनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका कृषि प्राविधिक पूर्ण प्रसाद ढुंगाना,गाउँपालिकाका कृषि प्राविधिक गोविन्द ठकुल्ला लगायत सहभागी थिए ।


क्याटेगोरी : कृषि, भिडीयो, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode