Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Paschim Raibar

आज एकरदुई ठाउँमा हल्का वर्षाको अनुमान, काठमाण्डौमा पानी पर्ने सम्भावना कम


आज बिहीवार देशका एकरदुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

पहाडी र तराईका एकरदुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाण्डौमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

‘काठमाण्डौमा पानी पार्ने प्रणाली कमजोर देखिएको छ’, मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘तर प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले एकै छिनमा बादल विकसित भई पानी पर्ने भएकाले बेलुकी पख हल्का वर्षा पनि हुन सक्छ ।’

सोझै विश्व कप छनोटमा पुग्नका लागि आज नेपालले यूएईसँग खेल्ने भएकाले पनि मौसमबारे धेरैको चासो छ ।

पानी परे अङ्क बाँड्नुपर्ने अवस्था आउँछ, यस्तो अवस्थामा नेपालको सोझै विश्व कप छनोट खेल्ने लक्ष्य पूरा नहुने भएकाले पानी पर्नेरनपर्नेबारे खेल समर्थकहरूको चासो छ । कीर्तिपुर मैदानमा हुने खेल बिहान साढे ९ बजे हुनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!