Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अवैध घर टहरामा डोजर चलाएका तुर्माखादका वडा अध्यक्ष बि.सीको यस्तो छ सपना (भिडिओ कुराकानी)


अवैध घर टहरामा डोजर चलाएर चर्चामा आएका तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर बि.सी.ले आफ्नो कार्यकालमा वडाका नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नागरिकहरूलाई निःशुल्क एवम् गुणस्तरीय स्वास्थ्य,शिक्षा,सिँचाई तथा खानेपानीको सहज पहुँच वडामै स्वरोजगारीको वातावरण निर्माण लगायतका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने गरी काम गर्ने उनले प्रतिबद्धता जनाएका हुन् ।

तुर्माखाँद गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ४ का वडाध्यक्ष बि.सी.ले वडाको बजार क्षेत्र लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरामा डोजर समेत चलाएका थिए ।

वडा अध्यक्षको रुपमा निर्वाचित भए लगत्तै आफूले पाएको मत भार अनुसार वडामा वृक्षारोपण गर्ने प्रतिबद्धता जनाएकाले उनले सोही अनुरूप वृक्षारोपण समेत गरिसकेका छन् ।

भर्ना देखी सर्टिफिकेटका नाममा लिइने शुल्कहरू हटाई वडामा निःशुल्क शिक्षा प्रदान गर्ने कार्य आरम्भ भइसकेको जानकारी गराउँदै उनले वडाको बजार क्षेत्रमा खानेपानी र फोहर व्यवस्थापनको कार्य निकट भविष्यमै पुरा गरिसक्ने गरी अघि बढेको बताएका छन् ।

तुर्माखाद गाउँपालिकाको पर्यटकीय तथा धार्मिक क्षेत्र खालसैन डाँडालाई पदमार्गको रूपमा विकास गरी पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न आवश्यक रणनीति अपनाइएको उनको भनाई छ ।

निजी स्रोतबाट सञ्चालित विद्यालयलाई विद्यार्थी सङ्ख्या र आवश्यकतालाई मध्यनजर गरी एक आपसमा गाभ्ने र विद्यालयलाई कर्कटपाता मुक्त गरिसक्ने उनले प्रतिबद्धता जनाएका छन् ।

गाउँघरमै खोप लगायतका स्वास्थ्य सेवा प्रदान गर्न वडामा गाउँघर क्लिनिक सञ्चालन गर्ने समेत उनको योजना रहेको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode