Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व उपभोक्ता अधिकार दिवस

खाद्य वस्तु खरिद गर्दा सुरुमै म्याद हेर्नुस् : प्रशासकीय अधिकृत आचार्य


जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिनराज आचार्यले प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउन आग्रह गरेका छन् । जिल्लाका बिभीन्न बजारमा प्याकिङ गरिएका खाद्य वस्तु म्यादगुर्जेका बिक्रि हुने गरेको पाईएकाले खाद्य वस्तु खरिद गर्दा म्याद समाप्त हुने मिती हेर्न उनले आग्रह गरेका हुन् ।

उपभोक्ताले खरिद गर्ने हरेक सामानहरुमा उपभोक्ता स्वयम सचेत भएमा बजारमा हुने कालोबजारी समेत कम हुने उनले उल्लेख गरेका छन् ।
औषधी, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरलवाटर, विस्कुट लगाएत खाद्य बस्तु किन्दा म्याद हेरेर मात्रै किन्न उनको सुझाव छ । बजार अनुगमनको क्रममा स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्य बस्तुको विक्री वितरण बढी हुने गरेको पाईको अधिकृत आचार्यले बताए ।
यस्तै
स्थानिय तहहरुले पनि बजार अनुगमनमा सक्रिय भएर लाग्नुपर्ने आचार्यले उल्लेख गरेका छन् । बजार अनुगमनको जिम्मेवारी जिल्ला प्रशासनको मात्रै नभएर स्थानिय तहको पनि भएकाले बजार अनुगमनमा स्थानिय तह पनि सक्रिय हुपर्ने उनले बताएका छन् ।

यसैबिच बुधबार बिश्व उभोक्ता अधिकार दिवसको अवसर पारि हामीले जिल्लाप्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिनराज आचार्यसंग अछाम जिल्लामा बजार अनुगमनको अवस्था तथा म्याद गुर्जेका अखाद्य बस्तु बिक्रि हुने क्रमको विषयमा कुराकानि गरेका छौँ ।

सुनौँ यो कुराकानि……….।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode