Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एपीएफले आर्मीलाई हरायो


शहीद स्मारक ए डिभिजन लिगमा आज बुधवार भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई १–० गोल अन्तरले हरायो । एपीएफका लागि खेलको ३७ औँ मिनेटमा मणि लामाले गोल गरे ।

यो जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको आर्मीको ४ खेलबाट ५ अङ्क छ ।

यस सिजनको ुएु डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode