Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बालिका बलात्कार प्रयास आरोपमा २ जना अटो चालक पक्राउ


अछाममा बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा २ जना अटो चालक पक्राउ परेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका २ जनालाई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

गएको आइतबार अर्थात् फागुन २८ गते बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पंचदेवल विनायक नगरपालिकाकी १४ र १७ वर्षीय दुई दिदी बहिनिलाई उनीहरूले जबरजस्ती करणीको प्रयास गरेको आरोप रहेको छ ।

पक्राउ परेका अटो चालकहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव निरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode