Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना


रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीले जनाएको छ ।

मंगलबार रुसीको एसयू-२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’ (कालो सागर० मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

कालो सागर रुस र अमेरिकाको सीमा क्षेत्रमा पर्दछ । रुसले युक्रेनमा आक्रमण थालेदेखि नै यो क्षेमा लामो समयदेखि तनावको स्थिति छ ।

अमेरिकी वायु सेनाका अधिकारी जनरल जे् हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।

रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode