गएराति धेरै ठाउँमा हावाहुरी, पहाडी क्षेत्रमा आज पनि हुरीको सम्भावना

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ ।
गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो ।
हुरीले कतिपयको जस्ताको छानो उडाको छ । हावाहुरीले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ ।
गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चलेको थियो ।
प्रि मनसुनको समयमा पश्चिमी वायुको पभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।
मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया