Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखाँदमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : करिब ४ हजारले लिए सेवा


तुर्माखाँद गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना,स्वास्थ्य कार्यालय अछामको समन्वय र तुर्माखाँद गाउँपालिकाको सहयोगमा नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरू सहितको २ दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर मंगलवार सम्पन्न भएको हो ।

सोमबार र मङ्गलवार सञ्चालन भएको स्वास्थ्य शिविरबाट २ हजार ९ सय ९ जना महिला र १ हजार १ जना पुरुष गरी जम्मा ३ हजार ९ सय १० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा बिरामीहरूको स्वास्थ्य जाँचका साथै आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरबाट रोगको पहिचान भई थप उपचार तथा अप्रेसन गर्नुपर्ने बिरामीहरूलाई अप्रेसन र थप उपचारका लागि विभिन्न अस्पतालमा रेफर गरिएको छ । रेफर भएका बिरामीहरूको नेपालगन्ज मेडिकल कलेजले विशेष छुटमा उपचार गर्ने व्यवस्था मिलाएको बताइएको छ ।

यसै बिच स्वास्थ्य शिविरका लागी परिचालन भएका विशेषज्ञ सहितको टोलीलाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । शिविरको समापन गर्दै औपचारिक रूपमा बिदाइ सहित उनीहरूलाई धन्यवाद ज्ञापन गरिएको हो ।

शिविरको समापन तथा बिदाइ समारोहमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले बिकट बस्तीमा स्वास्थ्य सेवा प्रवाहका लागी खटिएका सबै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिविरबाट सर्वसाधारणलाई राहत मिलेको अपेक्षा गरेका छन् ।

गाउँपालिकाका सर्वसाधारण तथा नागरिकहरूलाई गाउँठाउमै अन्य सेवा तथा सुविधा प्रदान गर्न आगामी दिनमा पनि यस्ता शिविर तथा कार्यक्रमको आयोजना गर्ने गाउँपालिका अध्यक्ष बि.सी.ले प्रतिबद्धता जनाएका छन्

शिविरको समापन तथा स्वास्थ्यकर्मीहरूको बिदाइ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विमला शाही,नेकपा तुर्माखाँद इन्चार्ज विकास सी,कालिकेश्वरी मा।वि का प्रधानाध्यापक मनीराम बुढा लगायतको अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन तुर्माखाँद गाउँपालिका स्वास्थ्य शाखा संयोजक एकेन्द्र बयकले गरेका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode