Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

कांग्रेस बान्नीगढीको बैठक सम्पन्न : यस्ता छन् निर्णय


नेपाली काँग्रेस बान्नीगढी जयगढ गाउँ कार्य समितिको बैठक सम्पन्न भएको छ ।

गाउँ कार्य समिति सभापति कर्ण बहादुर ठकुल्लाको सभापतित्वमा भएको बैठकमा पार्टीका जिल्ला सदस्य पदम बहादुर शाह प्रमुख अतिथि रहेका थिए ।

बैठकबाट पालिकाका सबै वडाहरूमा वडा सम्मेलनका साथै पालिका स्तरीय सम्मेलन गर्ने निर्णय गरिएको छ ।

जस अनुसार वडा नम्बर गाँज्रामा चैत्र २ गते,जनालीकोटमा चैत्र ३ गते,बर्दादेवीमा चैत्र ४ गते, तिमिल्सैनमा चैत्र ५ गते वडा सम्मेलन गर्ने निर्णय गरिएको छ ।

यस्तै कालिकामा चैत्र ६ गते र दर्नामा चैत्र ७ गते वडा सम्मेलन गर्ने निर्णय गरिएको छ भने पालिका स्तरीय सम्मेलन चैत्र १० गते जयगढमा गर्ने निर्णय गरिएको पालिका सभापति कर्ण ठकुल्लाले जानकारी दिएका छन् ।

जिल्ला कार्य समिति सदस्य कृष्ण बहादुर खड्का,शिव तिरुवा,गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद,निवर्तमान जिल्ला विकास समिति सदस्य तिलक बहादुर खत्री,वडा कार्य समितिका सभापति लगायतक अतिथि रहेको बैठकको संचालन सचिव खेमराज साउँदले गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!