Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै


शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे खेल्दैछन् ।

सङ्कटा ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । चर्च ब्वाइज ३ खेलमा ९ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दिउँसो साढे २ बजे खेल्दैछन् ।

जावलाखेल ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स क्लब ३ खेलमा १ अङ्कका साथ १२औँ स्थानमा छ । दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

यो खेल बेलुका साढे ५ बजे हुनेछ । साविक विजेता मच्छिन्द्र ३ खेलमा १ अङ्कका साथ १३ औँ स्थानमा छ भने पुलिस ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode