Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ


सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनधिकृत ?पमा विद्युत् उपयोग गरिरहेका सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीह?लाई नियन्त्रणमा लिएको हो ।

टोलीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका लक्ष्मी यादव, राजेश यादव, कृष्ण कुमार यादव, जोगिन्द्र यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका विक्रम मण्डल, बद्रिप्रसाद मण्डल र राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाह?लाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने उनीह?लाई जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण राजविराज शाखाले जनाएको छ ।


क्याटेगोरी : अपराध, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode