Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा लागु औषध खैरो हिरोइन : १ जना महिला पक्राउ


अछाममा पनि लागु औषध खैरो हिरोइनको कारोबार भइरहेको खुलेको छ । जिल्लामा एक महिला लागु औषध खैरो हिरोइन सहित पक्राउ परेसंगै यसको कारोबार भइरहेको खुलेको हो ।

जिल्ला सदरमुकाम मंगलसैनमा एक महिलालाई लागु औषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ ।

आइतबार लागु औषध खैरो हिरोइनको कारोबार भईरहेको सूचनाका आधारमा अन्दाजी २८ बर्षीय महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चेकजाँचका क्रममा पक्राउ परेकी महिलाको हातमा समातेको रातो रङको सानो चेन भएको झोला भित्र कालो रङको प्लास्टिकमा बेरेर राखेको ८१० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ ।

महिलाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!