Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

काठमाण्डौसहित पहाडी र तराईका केही ठाउँमा आज पनि पानी पर्ने


काठमाण्डौसहित पहाडी र तराईका एकरदुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ।

स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

उहाँका अनुसार प्रि(मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।

आज विशेषगरी काठमाण्डौ उपत्यका र पहाडी जिल्लासहित पश्चिम तराईका एकरदुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

हिजो बेलुका काठमाण्डौ उपत्यका र आसपाससहित पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि परेको थियो। अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसम खुल्दै गएर दिउँसो केहीबेर घाम लागे पनि दिउँसो पछि फेरि बदली भइ हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode