Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

फिलिपिन्समा तेल चुहावटबाट झण्डै एक लाख मानिस प्रभावित : १ सय २२ जना बिरामी


फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् ।

१ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ तेलले ढाकेको छ ।

प्रान्तीय गभर्नर हुमरलिटो डोलोरका अनुसार गएको फेब्रुअरी २८ मा डुबेको ट्याङ्कर ८ लाख लिटर क्षमताको थियो र त्यसबाट निस्किएको तेलको असर कम गर्ने प्रयास भइरहेको छ ।

बिरामीमा श्वासप्रश्वाससम्बन्धी समस्या, वान्ता र पखाला लागेको छ । पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण माछा मार्नेहरूलाई माछा नमार्न आग्रह गरिएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी निकायलाई तेलबाट उत्पन्न असरलाई तत्काल रोकथाम गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode