Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

खोटाङको डुम्रेधारापानीमा जङ्गलमा लागेको डढेलोबाट बच्न जाग्राम


खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा रहेको कालिका भगवती सामुदायिक वनमा लागेको डढेलोबाट बच्न स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् ।

अस्ति शनिवार दिउँसोदेखि सुरु भएको डढेलो बस्ती नजिक आएपछि रातभर जाग्राम बस्ने गरेको स्थानिय बासिन्दाले बताएका छन् ।

धारापानी, कोटडाँडा, मण्डलीछाप र आतमाराका स्थानीय बासिन्दा रातभर आ–आफ्नो टोलको संरक्षणमा जुटेको वडा सदस्य महेश बोगटीले जानकारी दिनुभयो ।

डढेलोको लप्का र झिल्को घरको छानोमा आउने त्रासमा स्थानीय बासिन्दा सुत्न नसकेको बोगटीले बताउनुभयो ।

झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो कसले लगाएको भन्ने खुल्न सकेको छैन ।

मानव बस्तीमा डढेलो पस्ने जोखिम टरे पनि अहिले सिरुवानी क्षेत्रमा डढेलो कायम छ ।

यो क्षेत्रमा प्रहरी र स्थानीयवासीले अग्नी रेखा बनाएर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

डढेलोले भिषण रुप लिएपछि नियन्त्रणका लागि प्रशासन र प्रहरीलाई खबर गरेको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताउनुभयो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode