Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वर्दादेवीको मालुकाटियामा नवनिर्मित जाल्पादेविको मन्दिरमा मुर्ति प्रतिस्थापन


बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ धारासैन मालुकाटियामा नवनिर्मित जाल्पादेविको मन्दिरमा मुर्ति प्रतिस्थापन गरिएको छ ।

हालसालै निर्माण कार्य सम्पन्न भएको मन्दिरमा सोमबार एक अनुष्ठानका विच जाल्पादेविको मुर्ति प्रतिस्थापन गरिएको हो । यसअघि जिर्ण अवस्थामा रहेको मन्दिर पुपनिर्माका लागी यसवर्षको बजेटबाट वडाले पाँचलाख रुपया बिनियोजन गरेको थियो ।

यसैबिच मुर्ति प्रण प्रतिस्ठा कार्यक्रममा वोल्दै बान्निगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउदले जाल्पादेविको मन्दिर निर्माण तथा मुर्ति प्रतिस्थापन हँदा आफुलाई निकै खुसि लागेको बताएका छन् ।

२०४८ सालदेखि बिभीन्न चुनाबि प्रचारमा ब्यापक रुपमा मन्दिर निर्माणको कुरा उठ्ने तर चुनाब पश्चात बेवास्ता हुँदै आएको जालपा देबिको मन्दिर अन्ततः नयाँ स्वरुपमा निर्माण हुँदा आफुलाई निकै खुसी महशुस भएको उनले उल्लेख गरे ।

पछिल्लो समय संसार विज्ञान र आधुनिकतामा मात्र उन्मुख भैरहेका बेला यस्ता धार्मीक कार्यहुनु निकै सकारात्मक भएको उनले बताएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष नवराज साँउदले आफुले चुनाबमा जनताहरु समक्ष जालपा देबी मन्दिर बनाउने बाचा गरेको र सोहि बाचा अनुसार कार्यकालको पहिलो बर्षमै मन्दिर निर्माण गरेको बताएका छन् ।

वडाको समग्र विकास संगसंगै धार्मीक क्रियाकलापहरु पनि तिब्रताका साथ अगाडी बढाउने उनले उल्लेख गरे । धार्मीक तथा पुरातात्विक संरचनाहरुको संरक्षणमा सक्रिय भएर काम गर्ने वडाध्यक्ष साँउदले उल्लेख गरे ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode