अछाममा आयुर्वेद स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरिँदै : के भन्छन् प्रमुख पन्त (कुराकानी सहित)

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामले आफ्नो स्वास्थ्य सेवाहरूलाई गाउँ केन्द्रित गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख दीपकराज पन्तका अनुसार आयुर्वेदिक स्वास्थ्य सेवालाई जिल्लाका १० वटै पालिकामा केन्द्रित गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मातहत रहने गरी हाल जिल्लाका १० वटै पालिकामा आयुर्वेदिक सेवा बिस्तार गरिएको उनको भनाई छ ।
पन्तका अनुसार बयालपाटामा र विनायकमा आयुर्वेद औषधालय,बान्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिका बाहेक अन्य पालिकाहरूमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा जीवनशैली व्यवस्थापन कार्यक्र सञालनमा रहेकोमा हाल बान्नीगढी जयगढ गाउँपालिकामा महिना २ दिन महिनाको पहिलो शनिवार र तेस्रो शनिवार सेवा दिने गरी गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको छ ।
हाल जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा तर्फ नागरिकहरूको आकर्षण समेत बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख पन्तले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन WHO को सन २०२२ को तथ्याङ्क अनुसार विश्वम हुने ु मृत्यु मध्य ७० प्रतिशत नसर्ने रोगको शिकारका कारण हुने गरेको छ भने नेपालमा कुल मृत्यु मध्य ६२ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ ।
विश्वमा नसर्ने रोगको सङ्क्रमणका कारण बढ्दै गएको मृत्युदर नियन्त्रण गर्ने प्रभावकारी उपचार भनेकै आयुर्वेद स्वास्थ्य उपचार पद्धति रहेको दाबी गर्दै कार्यालय प्रमुख पन्तले आयुर्वेद चिकित्सा प्रणाली तर्फ नागरिकहरू आकर्षित हुनुपर्नेमा जोड दिका छन्
कुराकानी : दीपकराज पन्त

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : स्वास्थ्य-शिक्षा
प्रतिक्रिया