Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जुम्लामा श्रीमानले गरे आफनै श्रीमतीको हत्या


जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ ।

तिला  गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा ज्यान गएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode