Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो


पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ ।

माथागढी गाउँपालिका(६ झडेवा रहबास सडक खण्डमा बिहान भएको दुर्घटनामा रुपन्देही तिलोत्तमा ११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

लु २ ख ११९६ नम्बरको खाली टिपर दुर्घटनामा चालक गुरुङको घटनास्थलमै ज्यान गएको हो । टिपरमा रहेका माथागढी ७ झडेवाका ५० वर्षीय हुमबहादुर परियार घाइते हुनुभएको छ ।

उहाँलाई उपचारका लागि सदरमुकाम तानसेन पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode