Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बस सिन्धुलीमा दुर्घटना : पाँच जनाको ज्यान गयो, १९ जना घाइते


मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

१९ जना घाइते भएका छन् । ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो ।

प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालकको ज्यान गएको जानकारी दिनुभयो ।

घाइते भएका १९ जनाको खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएको छ ।

दुर्घटनाको थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनु भयो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode