Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आज पनि बेलुकीपख पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान


आज पनि बेलुकीपख पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली भइ एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज काठमाण्डौमा भने खासै पानी पर्ने सम्भावना छैन । तर, बेलुकीपख भने काठमाण्डौको मौसम पनि बदली हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ ।

पहाडी क्षेत्रमा बिहान र दिउँसोको मौसम सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार तराईका जिल्लाको मौसम सफा छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode