राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, भोलि बूढानीलकण्ठ सर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि उहाँ चुनिनु भयो । भण्डारी राष्टपतिमा निर्वाचित हुने पहिलो महिला समेत हुनुहुन्छ ।
लगातार दुई पटक राष्ट्रपतिमा चुनिनु भएकी भण्डारीको कार्यकाल भने विवाद मुक्त हुन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उहाँको आलोचना भएको थियो ।
राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गर्नु भएको छ । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै हुनुहुन्छ। गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित हुनुभएको हो । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया