Hikmat Acharya
  • ९ जेठ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

धनगढीका पत्रकार ऐरमाथि आक्रमण


धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ। शनिवार राति उनीमाथि आक्रमण गरिएको हो।

धनगढीखबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले बताए।

पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्धवारमा अचेत अवस्थामा भेटिएका थिए।

ऐरको टाउकोमा गम्भिर चोट लागेको छ। ऐरका शनिवार राति सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको छ।  उनको टाउकोमा पाँच वटा टाँका लागेका छन्।

पत्रकार ऐरलाई धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुन सक्ने पत्रकार पनेरुले बताए। समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐनमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।

कैलाली प्रहरीलाई मौखिक जानकारी दिइएको छ। आइतवार घटनाको विषयमा थप अनुसन्धान हुने पत्रकार महासंघले बताएको छ।

 


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode