Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा एमाले नेता डा. रावलद्वारा कायकर्तासंग अन्तरक्रिया : के भने रावलले ? (भिडियो सहित)

एमालेलाई बलियो बनाउन एकता र सहकार्य कायम हुनुपर्नेमा जोड


नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व उप प्रधान तथा रक्षा मन्त्री डा. भीम रावलले बान्नीगढी जयगढ गाउँपालिकामा कार्यकर्ता भेटघाट सहित अन्तरक्रिया गरेका छन् ।

अछाममा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा सक्रिय रहेका रावलले शनिवार बान्नीगढी जयगढ गाउँपालिकामा कार्यकर्तासँग भेटघाट सहित अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

कार्यक्रमका क्रममा कार्यकर्ताहरुसंग उनले विश्व घटनाका साथै वर्तमान नेपालको राजनीतिक अवस्थाका विषयमा जानकारी गराएका थिए ।

नेपालको राजनीतिक अवस्थाका विषयमा धारण राख्दै उनले पछिल्लो समय नेपालमा पद र सत्ता प्राप्तिका लागी राजनीतिक इमान र विरासतलाई मिल्क्याउने काम भइरहेको बताएका थिए ।

विदेशीको इसारामा सरकारको मन्त्री बन्ने देखी सरकार परिवर्तनका घटनाहरू समेत भइरहेको इङ्गित गर्दै उनले राष्ट्र र राष्ट्रियताको सवालमा सबै नागरिक पनि जागरूक बन्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय केही व्यक्तिहरूले आफूबारे अनावश्यक अफवाह फैलाइरहेको बताउँदै उनले आफू सधैँ पार्टी एकता र सहकार्यको पक्षमा रहेको उद्घोष समेत गरेका छन् ।
पार्टीलाई बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्ताबिच आपसी समझदारी र सहकार्य आवश्यक हुनेमा डा.रावलले जोड दिएका छन् ।

पार्टीका अगुवा नेता जगत बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न जिज्ञासा राखेका थिए भने नेता रावलले जिज्ञासाको जवाफ दिएका थिए ।

पालिकाका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमको सञ्चालन टंक रेग्मीले गरेका थिए ।

भिडियो :-


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode