Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अनुगमन टोली आएको थाहा पाउदा कैलालिमा फार्मेसी पसल बन्द


यहि फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा निसक्दा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ ।

धनगढीका ३३ वटा फार्मेसी तथा क्लिनिकको अनुगमन गर्दा नौ वटा फार्मेसी बन्द रहेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा भनिएको छ –‘नौ वटा पसल अनुगमनका बखत बन्द रहेको थियो ।’

अनुगमनका बखत रहेका क्लिनिक तथा फार्मेसीहरु कमजोरी भेटिने भयले बन्द गरेर राख्ने गरेको फार्मेसी सञ्चालकहरुनै बताउँछन् । आरएस जस्तै आक्समिक अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित एसियन, धनगढी १ तुलसी, कुशल फार्मेसी बन्द रहेको थियो ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १ कामना मेडिसेल्स, भुवन ड्रग एण्ड हेल्थ जोन सेन्टर, दृष्टि मेडिकल हल, बालकृष्ण मेडिकल हल र मनोज मेडिकल हल बन्द थिए ।

खुल्ला रहेका फार्मेसी तथा क्लिनिकमा दर्ता नभएको, अनुमति प्राप्त नभएका औषधि संचय गरेको, अनुमति प्राप्त औषधि विक्री गरेको, व्यवसायीको अनुपस्थितिमा पसल सञ्चालन गरेको लगायतका त्रृटी टोलीले फेला पारेको थियो ।

औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्रकुमार शाहले बजार अनुगमनमा निसक्दा कर्णाली पुलबाटै गाडिको फोटो फार्मेसी सञ्चालकहरुसम्म पुगिसक्ने र यसले उनीहरु बन्द गरेर बस्ने गरेको देखिएको बताए ।

उनी भन्छन् –‘फार्मेसी सञ्चालकबिच एउटा ठुलो सञ्जाल छ । चिसापानीमा गाडि देख्नेबित्तिकै अनुगमन टोली आएको एक अर्काभित्र खबर गर्छन् । अनि सबै सजग हुन्छन् । फार्मेसी पुग्दा बन्द हुन्छ ।’

उनले अनुगमन टोलीलाई फार्मेसी सञ्चालकले सहयोग गर्नुभन्दा बढी असहयोग गरिरहेको बताए । उनले भने –‘फार्मेसीमा चिकित्सकको सिफारिस बिना औषधि खुलेआम विक्री गर्ने, दर्ता नभएका औषधि संचय गर्ने तथा विक्रीवितरण गर्ने, अयोग्य व्यक्तिलाई फार्मेसीमा बसाउने जस्ता विकृति देखिएका छन् ।

यसले आम उपभोक्तानै मारमा परिरहेका छन् ।’उनले औषधि व्यवस्था विभागको कार्यक्षेत्र ठुलो भएकाले बजार अनुगमनमा स्थानीय प्रशासन र स्थानीय तहले पनि सहयोग गर्नुपर्ने बताए ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले औषधि व्यवस्था विभागको शाखा प्रदेशमा नहुँदा फार्मेसी तथा क्लिनिकमा हुने विकृति नियमन हुन नसकेको बताए ।

उनले भने  ‘यही प्रदेशमा विभागको कार्यालय स्थापना भए फार्मेसी तथा क्लिनिकको अनुगमन गर्न थप सहज हुन्छ । यसले यहाँ बढीरहेका विकृतिमा कमी ल्याउन पनि मद्दत गर्छ ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode