Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

जसपाबाट उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी दर्ता


जसपाबाट उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टी (जसपा,) नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शनिवार संसद भवनमा पुगेर सत्तापक्ष गठबन्धनको तर्फबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता रनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ ।

रामसहायप्रसाद यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ । यस्तै समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए देशको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संव्रद्धन गर्ने रष्ट्रिय एकताका लागि पहल गर्छु ।’नेकपा एमालेबाट पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ ।

उहाँको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ हुनुहुन्छ भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहनुभएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode