Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नगर उद्योग बाणिज्य संघले गर्यो बिनायक बजार सरसफाई


नगर उद्योग बाणिज्य संघ बिनायकले बिनायक बजार सरसफाई गरेको छ । शनिबार हुने नगरपालिकाको बार्षिक उत्सबको पुर्वसन्ध्यामा बजार सफाई गरिएको हो ।
केहिदिन अघि गठन भएको बाणिज्य संघले पन्चदेवल बजार र बिचबजारमा रहेको फोहोर उठाएको संघका महासचिब भिमबहादुर नेपालिले बताए ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष केशवराज तिमिल्सैनाको नेतृत्वमा गरिएको बृहत् सरसफाइ कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, वडा नम्बर ५ का पुर्व वडाअध्यक्ष कुल बहादुर बुढा लगायतका जनप्रतिनिधिको सहभागिता थियो ।

उद्योग बाणिज्य संघका पदाधिकारी , प्रहरी र ब्यापारीको सहभागीतामा सफाई गरिएको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode