Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

१ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस : बान्नीगढीमा पनि विभिन्न कार्यक्रम सम्पन्न


१ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी बान्नीगढी जयगढ गाउँपालिकामा मनाइएको छ ।

लैङ्गिक समानताको बलियो आधार ,सृजनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने मूल नाराका साथ बान्नीगढी जयगढ गाउँपालिका महिला सञ्जालको आयोजनामा जयगढमा महिला दिवस मनाइएको हो ।

गाउँपालिका महिला सञ्जालका कोषाध्यक्ष नन्दा बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्वय समिति अछामका प्रमुख कुँवरले महिलाहरू रचनात्मक बन्नुपर्नेमा जोड दिएका थिए । शिक्षा र रोजगारीको पहुँचमा महिलाहरूको पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले अवसर र अधिकारका लागी महिलाहरू स्वयम बढी जागरूक बन्नुपर्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले महिलाहरूको क्षमता अभिवृद्धिका आवश्यक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

महिलाहरू नेतृत्वमा आउन जरुरी रहेकोमा जोड दिँदै उनले आफू माथि कुनै पनि किसिमको दमन तथा हिंसा सहेर नबस्न आग्रह गरेका थिए ।

यस्तै कार्यक्रमकी विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले महिलाहरूलाई जागरूक बनाउन र समतामूलक समाज निर्माण गर्न गाउँपालिका र न्यायिक समितिले सचेतीकरण लगायतका कार्यक्रममा जोड दिर्दै आएको बताएकी थिइन् ।

अधिकार प्राप्तिका लागी स्वयम महिलाहरू जागरूक बन्नुका साथै नेतृत्वका लागी मैदानमा आउनुपर्नेमा उनले जोड दिएकी छन् ।

कार्यक्रममा पालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतका अतिथि रहेका थिए । वडाका महिला सञ्जालले आ आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गरेको कार्यक्रममा उनीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode