Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

के तपाई होली खेल्दै हुनुहुन्छ ? गर्नुस यी कुरा हुने छ फाईदै फाईदा 


होली अर्थात रंगहरुको उत्सव फागु पूर्णिमा अछाम लगाएत पहाडी जिल्लहरुमा आज मनाईदैछ ।

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात फागु पूर्णिमाको दिन मनाइन्छ । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ ।

खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् ।

होलीमा के गर्ने ?

  •  सफा पानी र गुणस्तरीय अबिर को व्यवस्था गरौं ।
  •  छुट्टै पहिरन लगाऔं । सकेसम्म पूरै शरीर ढाक्ने पहिरनको प्रयोग गरौं ।
  •  रंगको असरबाट छालालाई जोगाउन हात, मुख धोएर कपडाले नछोपिएको अंगमा क्रिम लगाऔं ।
  •  केसमा तेल या क्रिम लगाउनु राम्रो हुन्छ साथै महिलाले केस बाँध्नु राम्रो हुन्छ ।
  •  साथीहरू, आफन्त र नातेदार आपसमा मिलेर पर्वलाई उत्सवको रूपमा मनाउने गरौं ।

होलीमा के नगर्ने ?

  •  फोहोर तथा ढलको पानी प्रयोग नगर्ने ।
  • लोला तथा अन्य केमिकल रंगको प्रयोग नगर्ने ।
  • जबर्जस्ती बाटो हिड्ने बटुवालाई असर हुने गरी होली नखेल्ने ।
  • होहल्ला तथा झैँ–झगडा नगर्ने ।
  • धुम्रपान तथा मद्यपानको प्रयोग नगर्ने ।
  • सडक आगमन अवरोध हुने गरी सडकमा होली नखेल्ने ।

रंगहरुको उत्सवले सम्पूर्ण नेपालीमा खुसी र उल्लास ल्याउन सकोस, सभ्य र भव्य तरिकाले होली मनाँउ । सम्पुर्ण नेपालीहरुमा होली अर्थात फागु पुर्णीमाको हार्दिक शुभकामना ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode