Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछामको वरदादेवि मन्दिरमा महायज्ञ सञ्चालन हुने


अछामको वरदादेवि मन्दिरमा महायज्ञ सञ्चालन हुने

चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ सञ्चालन हुने भएको हो।

वरदादेविको नवनिर्मित मन्दिरको चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ गरि नवनिर्मित मन्दिरमा देविलाई सार्ने वडा अध्यक्ष गजेन्द्र बहाद खड्काले बताए। बि।स १८५० देखि अनवरत रूपमा देवीको पूजा आराधना सहित हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन डौठेगडा मेला लाग्दै आएको छ।

ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ मूर्ति प्राण प्रतिष्ठा र श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको आयोजना गरी अझ यसको प्रचार–प्रसार र धार्मिक गतिविधिलाई बढाएर समाजलाई अनुशासित, नैतिकवान् धर्मवान् बनाउने लक्ष्का ाथ नवाह ज्ञान महायज्ञ सञ्चालन गरिएको मुल आयोजक समितिका अध्यक्ष नर बहादुर खड्काले बताए।

देवीको मूल थानलाई मन्दिर बनाउन २०३७ सालमा शीलान्यास गरिएको वरदादेवि मन्दिर २०७६ सालमा निर्माण सम्पन्न भएको हो। २०७६ सालमै मन्दिरको प्राण प्रतिष्ठा र नवाह महायज्ञ गर्ने तयारी गरिएपनि बिश्वभरि फैलिएको कोरोना महामारीका कारण पछाडि सरेको हो।

अन्य बेला भन्दा पनि डौठेगडा मेलामा अछाम सहित डोटी, ाजुर, ैलाली, कञ्चनपुर , दैलेख कालिकोटबाट वरदादेविको दर्शन गर्न हजारौं भक्तजन आउने गर्छन्। वरदादेविले मनोकांक्षा र चाहना अनुरूप वरदान दिने मनको आकांक्षा पूरा गरिदिने जनमानसमा बिश्वास समेत रहदै आएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode