तत्कालीन प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी ढकालले गरे बयालपाटा अस्पतालको निरीक्षण (भिडिओ सहित)
आउँदो निर्वाचनमा हजारौँ सागर जन्मिने दाबी
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाका चुनावी प्रतिस्पर्धी सागर ढकालले बयालपाटा अस्पतालको अवलोकन गरेका छन् । सुदूरपश्चिम दौडाहामा रहेका ढकालले आइतबार अस्पतालमा पुगेर अस्पतालको निरीक्षण गरेका हुन् ।
आइतबार बिहान अस्पतालक निरीक्षण गर्न पुगेका ढकालले अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधा , अस्पतालको आर्थिक तथा भौतिक अवस्था,कर्मचारीको व्यवस्थापन लगायतका विषयमा जानकारी लिएका थिए ।
गएको प्रतिनिधि सभाको निर्वाचनमा डडेलधुरामा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकालले पछिल्लो समय सुदूरपश्चिमका सम्भावना र चुनौतीबारे जानकारी लिन विभिन्न जिल्लाको अवलोकन गर्दै आइरहेका छन् ।
ही दिन अघि सुदूरपश्चिमको समृद्धिका लागी विभिन्न माग सहित मुख्यमन्त्री कमल बहादुर शाहलाई उनले ज्ञापन पत्र समेत बुझाएका थिए । बयालपाटा अस्पतालको अवलोकन तथा निरीक्षण पश्चात् उनले बिकट क्षेत्रमा अस्पतालले प्रदान गर्दै आएको निःशुल्क तथा गुणस्तरीय सेवाको खुलेर प्रशंसा गरेका थिए ।
दुर दराजमा अस्पतालले प्रदान गर्दै आएको सेवालाई अन्य क्षेत्रमा के कसरी बिस्तार गर्न सकिन्छ भन्ने वियमा ाकारी लिन आफू बयालपाटा अस्पताल आइपुगेको उनले बताएका छन् ।
दुर दराजका नागरिकहरूका लागी वरदान साबित भएको बयालपाटा अस्पताल आर्थिक सङ्कट झेलिरहेको सन्दर्भमा उनले अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागी सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट हुन सक्ने पहलका लागी आफू तयार रहेको उल्लेख गरेका छन् ।
देश विकास र समृद्धिको सपना साकार पार्न भिजन सहितको युवाको खाँो रहेको औँल्याउँदै ढकालले आगामी निर्वाचनका लागी आफू जस्तो हजारौँ सागर जन्मिने दाबी गरेका छन् ।
भिडिओ :-

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा










प्रतिक्रिया