जनज्योति आधारभूत विद्यालय बर्दादेवीको अभिभावक भेला सम्पन्न
जनज्योति आधारभूत विद्यालय बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैनको १५ औ अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष तथा वडा अध्यक्ष नवराज साउँदको अध्यक्षता भएको अभिभावक भेला कार्यक्रमका ्रमुख अतिथि बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले शैक्षिक क्षेत्रको विकासका लागी गाउँपालिका सरकार दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
उनले विद्यालयको भौतिक, शैक्षिक अवस्थाका बारेमा आफु जानकार रहेको बताउँदै विद्यालयको विकासका लागि कुनै कुराको कमी हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।
द्यालयको विकासका लागि अभिभावक र विद्यार्थीको सम्बन्धमा सुधार भएमा शैक्षिक सुधार हुने बताउँदै गुणस्तरीय शिक्षाका लागि सबैको भूमिका आवश्यक हुनेमा उनले जोड दिएका छन् ।
बाईट : टेक बहादुर साउँद
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले विद्यालयको शैक्षिक क्षेत्रको सुधारको लागि सबैको जिम्मेवारी आवश्यक हुने बताएकी छन् । उल शैक्षिक क्षेत्रको विकासका लागि सबैले अपनत्व वहन गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
बाईट : बिन्दु रावल
विद्यालयको अभिभावक भेलामा बान्निगढी गाउँपालिका पूर्व उपाध्यक्ष लोकबहादुर साउँद,शिक्षा समिति सदस्य चन्द्र सिंह लुहार, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष ज्योति साउँद ,सरस्वती माविका सहायक प्रधानाध्यापक रतन साउँद लगायता अतिथि हेा थिए ।
विद्यालयका प्रधानाध्यापक भीम बहादुर साउँदले शैक्षिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखापाल गोकुल साउदले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जनज्योति आधारभूत विद्यालयका शिक्षक अन्जु देवी शर्माले स्वागत गरेको भेलाको सञ्चालन शिक्षक तपेन्द्र साउँदले गरेका थिए । भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्ने छ ।

क्याटेगोरी : शिक्षा, समाचार





प्रतिक्रिया