Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामको पञ्चदेवल नगरपालिका : जहाँ बिहानै बज्छ दिउसोको ३


पञ्चदेवल विनायक नगरपालिकाको डिजिटल बोर्डमा गम्भीर लापरबाही भेटिएको छ ।

आम नागरिकलाई नगरपालिकाका आधिकारिक सूचना तथा जानकारी सम्प्रेषण गर्न जडान गरिएको डिजिटल बोर्डमा गम्भीर लापरबाही भेटिएको हो ।

नगरपालिका कार्यालयको बाह्य परिसरमा टाँसिएको बोर्डमा देखाइएको घडीको समयमा ७ घण्टाको फरक देखिएको छ ।

नगरपालिका जस्तो जिम्मेवार निकायको कार्यालयको डिजिटल बोर्डमा गलत समय देखाइएको विषय सार्वजनिक भएसँगै यसको आलोचना हुन थालेको छ ।

नेपाल पत्रकार महासङ्घ अछामका उपाध्यक्ष रमेश रावतले डिजिटल बोर्डमा गलत समय देखाइएको भन्दै फेसबुकमा स्ट्याटस शेयर गरेसँगै विभिन्न टिका टिप्पणी हुन थालेका छन् ।

पत्रकार रावतले डिजिटल बोर्डको फोटो सहित फेसबुकमा लेखेका छन् :-

पञ्चदेवल विनायक नगरपालिकाको भिजिविलिटी बोर्डमा अहिले ३ बजेको देखाएको छ । यथार्थ समय बिहानको ८ : ३ बज्यो । यस्तो गलत समय कस्लाई देखाउनलाई सेटिङ गरेको होला । यतिका बिज्ञ कर्मचारी हुदाहुदै यो समय मिलाउन नसक्नु वा नमिलाउनु गम्भीर लापरबाही हो ।

सामान्यतया: सरकारी कार्यालयमा सेवा लिन आउने आम नागरिकहरूले सहजै समयबारे जानकारी पाउन् भन्ने उद्देश्यले डिजिटल बोर्ड टाँसिएको हुन्छ । तर पञ्चदेवल विनायक नगरपालिकामा राखिएको डिजिटल बोर्डको समयले भने उल्टै जनता झुक्किन थालेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode