Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकामा गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सेवा सुरु (भिडिओ सहित)

चुनावका बाचा क्रमशः पुरा गर्दै जाने अध्यक्ष साउँदको प्रतिबद्धता


बान्नीगढी जयगढ गाउँपालिकामा गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सेवाको उद्घाटन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ कालिकामा रहेको कालिका स्वास्थ्य चौकीमा आयुर्वेद गाउँघर स्वास्थ्य सेवा क्लिनिक उद्घाटन गरिएको हो ।

वडा अध्यक्ष टंक साउँदको अध्यक्षतामा भएको क्लिनिकको शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले नागरिकहरूलाई सर्वसुलभ रूपमा आयुर्वेद उपचार सेवा प्रदान गर्न लामो प्रयासपछि क्लिनिकको उद्घाटन गर्न सम्भव भएको बताएका थिए ।

निर्वाचनका क्रममा नागरिकहरूलाई निःशुल्क आयुर्वेद तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बाचा अनुसार नै क्लिनिकको उद्घाटन गरिएको र अन्य वाचा तथा प्रतिबद्धताहरू क्रमशः पुरा गर्दै जाने उनको भनाई छ ।

पालिकामै कालिका स्वास्थ्य चौकीमा आयुर्वेदिक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको बताउँदै उनले क्लिनिकबाट आवश्यक लाभ लिन सवैमा अनुरोध गरेका छन् ।

जनताका आधारभूत आवश्यकता पुरा गर्न गाउँपालिकाको बागडोरको जिम्मेवारी जनताले आफूहरूलाई दिएको बताउँदै उनले नागरिकको अपेक्षा अनुसारका कार्यलाई निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

भिडियो : –

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मंगलसैन अछामको आयोजना र बान्नीगढी जयगढ गाउँपालिकाको समन्वयमा सुरु भएको गाउँघर स्वास्थ्य क्लिनिकमा हरेक महिनाको पहिलो र तेस्रो सोमवार नियमित रूपमा आयुर्वेद स्वास्थ्य उपचार सेवा प्रदान गरिने छ ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख दीपकराज पन्त,आयुर्वेद चिकित्सक डा.सन्दीप अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त बहादुर रावलले गरेका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode