Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा हालसम्म ३१ प्रतिशत बजेट खर्च

बजेट खर्च भन्दा बजेटको उचित उपलब्धिमा जोड दिएका छौ : अधिकृत रेग्मी (भिडिओ सहित)


बान्नीगढी जयगढ गाउँपालिकामा यस आर्थिक वर्षको हालसम्मको अवधिमा ३१ दशमलव ५४ प्रतिशत बजेट खर्च भएको छ ।

चालु तथा पुँजीगत तर्फको गरी हालसम्म ३१ दशमलव ५४ प्रतिशत अर्थात् ११ करोड ७० लाख ५० हजार बजेट खर्च भएको हो ।

गाउँपालिकामा यस आर्थिक वर्षका लागी ३७ करोड १० लाख २९ हजार ८७६ कुल बजेट मध्य चालु तर्फ २७ करोड १६ लाख ३ हजार र पुँजीगत तर्फ ९ करोड ९४ लाख २६ हजार बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीका अनुसार पुँजीगत तर्फ हालसम्मको अवधिमा ५ दशमलव ४१ प्रतिशत अर्थात् ५३ लाख ८८ हजार खर्च भएको छ । भने चालु तर्फ ४१ दशमलव ११ प्रतिशत अर्थात् ११ करोड १६ लाख ६१ हजार रकम खर्च भएको छ ।

उपभोक्ता समिति गठन गरी सम्झौताका लागी पटक पटक ताकेता गर्दा पनि उपभोक्ता समिति गठन तथा सम्झौता कार्यमा ढिलाइ भएकाले पनि समयमै बजेट खर्च गर्न कठिनाइ भएको अधिकृत रेग्मीले बताएका छन् ।

काम सम्पन्न भइसकेका तर अनुगमन प्रतिवेदन तयार गर्न बाँकी रहेकाले थुप्रै योजनाको भुक्तानी गर्न बाँकी रहेकाले पनि खर्च न्यून देखिएको उनको भनाई छ ।

थुप्रै योजनाहरू काम सम्पन्न भई भुक्तानी प्रक्रियामा रहेकाले चैत्र मसान्तसम्म अपेक्षाकृत बजेट खर्च भइसक्ने अधिकृत रेग्मीले दाबी गरेका छन् ।

यस आर्थिक वर्षका लागी बजेट विनियोजन गरिएका योजनाहरूको उपभोक्ता समिति गठन तथा सम्झौताका लागी वडा सरकारले अपेक्षाकृत तदारुकता देखाउन नसक्दा समयमै योजना कार्यान्वयनमा समस्या आएको उनको भनाई छ ।

निर्धारित समयमै १५ शैय्याको अस्पताल निर्माण,प्रशासकीय भवनका लागी मैदान तथा भवन निर्माण,छातासैन खालगडा जयगढ बृहत् खानेपानी सरस्वती मन्दिर मैदान व्यवस्थापन,१ नम्बर वडा कार्यालयको भवन निर्माण लगायत महत्त्वपूर्ण तथा रणनीतिक योजनाहरूको काम सम्पन्न गरी सक्न गाउँपालिकाकाले आवश्यक रणनीति अपनाएको अधिकृत रेग्मीले बताएका छन् ।

विकासे बजेट खर्चमा भन्दा बजेट खर्चको उपलब्धिमा जोड दिँदै योजनाको पारदर्शिता र गुणस्तरीयता कायम गर्न गराउन योजनाको अनुगमन ,प्राविधिक निरीक्षणमा जोड दिइएको उनको भनाई छ ।

भिडिओ :-


क्याटेगोरी : Podcast, पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode